Logo

१६ पुष, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आएको भारी गिरावटले आज पनि निरन्तरता पाएको छ ।

अघिल्लो हप्ता ऐतिहासिक उचाइ कायम गरेको सुनको भाउमा सोमबारदेखि सुरु भएको ओरालो लाग्ने क्रम बुधबार पनि रोकिएन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा थप एक हजार एकसय रुपैयाँले घटेर दुई लाख ६१ हजार रुपैयाँ कायम भएको छ । हिजो मंगलबार मात्रै एकैदिन सात हजार नौसय रुपैयाँको विशाल गिरावट आएर दुई लाख ६२ हजार एकसय रुपैयाँमा झरेको सुनको भाउले आज पुनः अधोगति नै पछ्याएको हो ।

गत आइतबार दुई लाख ७० हजार ६ सय रुपैयाँको उच्च बिन्दुमा पुगेर कीर्तिमान कायम गरेको सुनको बजारमा त्यसयता लगातार तीन दिनमा उल्लेख्य गिरावट देखिएको छ। मंगलबारको ऐतिहासिक गिरावटपछि आजको थप कटौतीले लगानीकर्ता र आम उपभोक्तालाई समेत चकित तुल्याएको छ । यसैगरी सुनसँगै चाँदीको मूल्यमा पनि आज ठूलो गिरावट आएको छ । तोलामा एकसय २० रुपैयाँले घटेर चाँदी आज चारहजार चारसय ७० रुपैयाँमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा आउने उतारचढावका कारण स्थानीय बजारमा पनि मूल्यमा यस्तो ठूलो फेरबदल देखिएको व्यवसायीहरूको विश्लेषण छ।


सम्बन्धित समाचार