Logo

१६ पुस, जनकपुरधाम। मधेस प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गर्दै पर्सा जिल्लाबाट दुई जना प्रदेशसभा सदस्यलाई मन्त्रीमा समेटेको छ।

६ दलको समर्थनमा गठन भएको सरकार बनेको करिब एक महिनापछि मन्त्रिपरिषद् विस्तार गरिएको हो। नवगठित मन्त्रिपरिषद्‌मा पर्सा जिल्लाबाट प्रदेशसभा सदस्य श्याम पटेल र शंकर चौधरी मन्त्रीमा नियुक्त भएका छन्।

नियुक्तिसँगै श्याम पटेललाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ भने शंकर चौधरीलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

प्रदेशसभा सदस्य श्याम पटेल पर्सा निर्वाचन क्षेत्र नम्बर २ (क) बाट निर्वाचित भएका हुन् भने शंकर चौधरी पर्सा निर्वाचन क्षेत्र नम्बर ४ (क) बाट निर्वाचित भएका हुन्।

मन्त्रिपरिषद् विस्तारसँगै मधेस प्रदेश सरकारले पूर्णता पाएको बताइएको छ।


सम्बन्धित समाचार