Logo

१८ पुष, काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको दमन र हिंसात्मक घटनाको छानबिन गरिरहेको न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोग र मुलुकका दुई प्रभावशाली नेताहरूबीचको ‘इगो’ अन्ततः पत्र बुझ्ने तहमा पुगेर टुङ्गिएको छ ।

सुरुमा आयोगको पत्र र म्याद बुझ्न ठाडै अस्वीकार गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक सूचना प्रकाशित गर्ने चेतावनीपछि मात्रै पत्र बुझेका हुन् ।

देउवाको तर्क ‘म आफैँ पीडित, किन दिने बयान?’ आयोगले सुरुमा व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) मार्फत पत्र पठाउन खोज्दा देउवाले कडा आपत्ति जनाएका थिए । उनले भदौ २४ को आगजनीमा आफ्नो घर जलेर नष्ट भएको र आफू नै विस्थापित भई अन्यत्र बस्नु परेको अवस्थामा आयोगले आफूलाई पीडितका रूपमा नहेरी ‘बयान’का लागि बोलाएकोमा असन्तुष्टि जनाएका थिए । ‘आन्दोलनका बेला म कुनै सरकारी भूमिकामा थिइनँ, मेरो घर जलाइयो, म पीडित हुँ, अनि ममाथि नै किन सोधपुछरुू भन्दै देउवाले सुरुमा पत्र फिर्ता पठाएका थिए ।

खबरदारी गर्नेलाई नै प्रश्न?

त्यस्तै, नेकपा संयोजक प्रचण्डले पनि आफू तत्कालीन समयमा प्रमुख विपक्षी दलको नेताका रूपमा सरकारलाई खबरदारी गरिरहेको दाबी गर्दै पत्र बुझ्न मानेका थिएनन् । उल्टै आफ्नो घरमा समेत आगजनी भएको अवस्थामा के आधारमा आयोगले स्पष्टीकरण खोजेको भन्दै उनले सुरक्षाकर्मीहरूलाई फर्काइदिएका थिए । सार्वजनिक सूचना र असहयोगको रेकर्ड दुवै नेताले पत्र बुझ्न नमानेपछि आयोगले कडा कूटनीतिक र कानुनी बाटो रोजेको थियो। आयोगको तर्फबाट खटिएका कर्मचारीहरूले यदि यो पत्र औपचारिक रूपमा नबुझे सञ्चारमाध्यममा ुसार्वजनिक सूचनाु निकालिने र त्यसले जनमानसमा नकारात्मक सन्देश जाने चेतावनी दिएका थिए ।

साथै, आयोगलाई सहयोग नगरेको व्यहोरा अन्तिम प्रतिवेदनमा समेटिने र त्यसले भविष्यमा कानुनी तथा राजनीतिक असर पार्ने सङ्केत गरेपछि दुवै नेताहरू केही घण्टाको फरकमा पत्र बुझ्न तयार भएका हुन् । आयोगले उनीहरूलाई आयोगमै उपस्थित भएर बयान दिनुपर्ने अनिवार्य सर्त भने राखेको छैन ।

उनीहरूले चाहेमा आफ्ना धारणा र घटनाको विवरण लिखित रूपमै पठाउन सक्ने विकल्प दिइएको छ । पत्र बुझे पनि उनीहरू आयोगमा जान्छन् वा लिखित पत्र पठाउँछन् भन्ने अझै प्रस्ट भइसकेको छैन । तर, यो घटनाले राज्यका शक्तिशाली नेताहरू समेत आयोगको क्षेत्राधिकार र छानबिनको प्रक्रियाबाट उम्कन सहज छैन भन्ने सन्देश दिएको छ ।


सम्बन्धित समाचार