Logo

२० पुष, काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २१ सय रुपैयाँले घटेर दुई लाख ६० हजार ४०० रुपैयाँ कायम भएको छ । यसअघि गत साताको अन्तिम कारोबार दिन शुक्रबार सुन प्रतितोला दुई लाख ६२ हजार ५०० रुपैयाँको उच्च विन्दुमा कारोबार भएको थियो ।

सुनसँगै चाँदीको भाउमा पनि सामान्य गिरावट आएको छ । महासंघका अनुसार आइतबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँले ओरालो लाग्दै चार हजार ५०० रुपैयाँमा झरेको छ । गत शुक्रबार चाँदीको मूल्य प्रतितोला चार हजार ५२५ रुपैयाँ रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा डलरको विनिमय दर र भू–राजनीतिक घटनाक्रममा आएको परिवर्तनका कारण स्थानीय बजारमा बहुमूल्य धातुको मूल्य प्रभावित भएको व्यवसायीहरूको विश्लेषण छ ।

पछिल्लो समय लगातार उकालो लागिरहेको सुनको मूल्यमा आज आएको यो गिरावटले सुनचाँदीका गहना खरिद गर्ने योजनामा रहेका उपभोक्ताहरूलाई केही राहत दिएको छ । यद्यपि, विश्व बजारको अस्थिरताका कारण आगामी दिनमा पनि मूल्यमा उतारचढाव कायमै रहने देखिएको छ ।


सम्बन्धित समाचार