Logo

२२ पौष, काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ९ बजे बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

बैठकमा आगामी राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोटबारे मुख्य रूपमा छलफल हुने जनाइएको छ । यसका साथै निर्वाचनमा सम्भावित तालमेलका विषयमा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय सदस्यहरूलाई ब्रिफिङ गर्ने तयारी रहेको छ ।

राष्ट्रियसभा निर्वाचनलाई लक्षित गर्दै दलहरूबीच तालमेलका विषयमा पछिल्लो समय सक्रिय छलफल हुँदै आएको छ । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच निरन्तर संवाद भइरहे पनि अहिलेसम्म ठोस सहमति भने जुट्न सकेको छैन ।

एमाले स्रोतका अनुसार आजको सचिवालय बैठकले उम्मेदवार चयनका मापदण्ड, सम्भावित गठबन्धनको रणनीति र भावी राजनीतिक अवस्थाबारे महत्वपूर्ण निर्णय लिन सक्ने अपेक्षा गरिएको छ । बैठकको निष्कर्षले राष्ट्रियसभा निर्वाचनको तयारी तथा दलगत समन्वयमा थप स्पष्टता ल्याउने विश्वास पार्टी नेतृत्वको छ ।


सम्बन्धित समाचार
भर्खरै