Logo

२३ पौष, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ मा दुई जना किशोरमाथि छुरा प्रहार भएको छ । छुरा प्रहारबाट सोही वडाका वीरज महतो र विकास कुमार महतो घाइते भएका छन् ।

घाइते किशोरहरूका अनुसार सडक किनारमा आगो ताप्दै बसेका बेला एक समूहमा आएका अपरिचित व्यक्तिहरूले आफूहरुमाथि अचानक कुटपिट गर्दै छुरा प्रहार गरेका थिए।

छुरा प्रहारबाट घाईते भएका उनीहरुलाई स्थानीयवासीको सहयोगमा उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा भर्ना गरिएको छ। अस्पताल स्रोतका अनुसार दुवै किशोरको उपचार भइरहेको छ भने अवस्था सामान्य छ ।

घटनाको जानकारी पाएलगत्तै नेपाल प्रहरी घटनास्थल पुगेको र आक्रमणमा संलग्न व्यक्तिहरूको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । आक्रमणको कारण खुल्न बाँकी रहेको र घटनामा संलग्न समूहको पहिचानका लागि आसपासका क्षेत्रमा निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


सम्बन्धित समाचार