Logo

२३ पुष, काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ ।

ठूला दलले आफ्नो शक्तिलाई नजरअन्दाज गरेको भन्दै रुष्ट बनेको नेकपाले अन्ततः एकल रूपमा चुनावी मैदानमा होमिने निर्णय गरेको हो। पार्टीले गण्डकी प्रदेशमा एक स्थान रिक्त राखेर अन्य सबै रिक्त पदहरूका लागि १७ जना उम्मेदवारहरूको टुंगो लगाएको छ । मनोनयन दर्ताको अन्तिम समयमा आएको यो निर्णयले आसन्न निर्वाचनलाई रोचक त्रिपक्षीय प्रतिस्पर्धाको मोडमा पुर्‍याइदिएको छ ।

कोशीदेखि बागमतीसम्मका उम्मेदवार

नेकपाले सार्वजनिक गरेको सूचीअनुसार कोशी प्रदेशमा खेमराज सुन्दास, हेमराज घिमिरे र नमिता न्यौपानेलाई उम्मेदवार बनाइएको छ । मधेस प्रदेशका चार सिटका लागि रामनन्दन प्रसाद, लक्ष्मण पौडेल, शम्भु पासवान र समिकुमारी अग्रवालले प्रतिस्पर्धा गर्नेछन् । त्यसैगरी, बागमती प्रदेशमा प्रेम प्रसाद सापकोटा र सरोज कुमारी झालाई मैदानमा उतारिएको छ भने गण्डकी प्रदेशमा कपिल लामाले पार्टीको तर्फबाट प्रतिनिधित्व गर्नेछन् । पार्टीले समावेशी र क्षेत्रीय सन्तुलनलाई ध्यानमा राख्दै सबै प्रदेशमा सशक्त उपस्थिति देखाउने दाबी गरेको छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको नामावली

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा पनि नेकपाले आफ्ना बलिया पात्रहरूलाई अघि सारेको छ । लुम्बिनी प्रदेशबाट दुर्गा भण्डारी, वृहस्पति अधिकारी र सर्जन बिक उम्मेदवार बनेका छन् भने कर्णालीमा बुद्धिप्रसाद शर्मा र अन्जु महतराले चुनावी प्रतिस्पर्धा गर्नेछन् । सुदूरपश्चिम प्रदेशका लागि टीकाराम जैशी र रोजी बस्नेत सुनारको नाम तय गरिएको छ ।


सम्बन्धित समाचार
भर्खरै