Logo

२४ पुष, कलैया। यातायात व्यवस्था कार्यालय बाराका ट्रायल प्रमुख जीवनरमण पौडेलमाथि अज्ञात व्यक्तिले मोबिल प्रहार गरेका छन्। बाराको कलैया उपमहानगरपालिका–३ गंगापुरस्थित कार्यालयमा कार्यरत पौडेलमाथि बिहीबार कार्यालय परिसरमै मोबिल प्रहार भएको हो।

प्रत्यक्षदर्शीका अनुसार, पौडेल आफ्नो नियमित कार्य सम्पादनमा रहेकै बेला अचानक आएका एक व्यक्तिले उनीमाथि मोबिल खन्याएर फरार भएका थिए। घटनापछि कार्यालयमा केही बेर तनाव उत्पन्न भएको थियो भने सेवाग्राही र अन्य कर्मचारीहरू त्रसित बनेका थिए।

घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय बाराको टोली घटनास्थल पुगेको थियो। प्रहरीका अनुसार कार्यालय परिसरमा जडान गरिएको सिसिटिभी क्यामराको फुटेज संकलन गरिएको छ फुटेजको आधारमा संलग्न व्यक्तिको पहिचान भइसकेको र खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको र अपराधी चाँडै कानुनी दायरामा आउने विश्वास दिलाएको छ।


सम्बन्धित समाचार