Logo

Your paragraph text – 1

२५ पुष, काठमाडौं । पर्साको ठोरी गाउँपालिका–१ भगवाननगरस्थित वृद्ध–वृद्धा आश्रममा आश्रित असहायहरूका लागि चिसो मौसमको कहर छल्न उपकार सेवा नेपालले न्यानो कपडा वितरण गरेको छ ।

सामाजिक सेवामा आफ्नो बलियो पहिचान बनाएको यस संस्थाले आश्रमका १८ जना आश्रितहरूका लागि न्यानो कम्बल वितरण गरेको हो । आश्रममा रहेका अपाङ्गता भएका व्यक्ति, सुस्त मनस्थिति भएका, वृद्ध–वृद्धा तथा बालबालिकाको स्वास्थ्य र सुरक्षालाई मध्यनजर गर्दै संस्थाले उक्त सहयोग उपलब्ध गराएको जनाएको छ ।

सहयोग हस्तान्तरणका लागि आयोजित समारोहमा संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगी र सामाजिक अभियन्ता प्रकाश थारूले संयुक्त रूपमा २७ थान कम्बल आश्रमका प्रतिनिधि रामबहादुर थिङलाई हस्तान्तरण गर्नुभयो । हस्तान्तरण कार्यक्रममा अध्यक्ष सरावगीले जाडोको समयमा समाजका कमजोर वर्गलाई न्यानोपन दिनु संस्थाको कर्तव्य भएको बताउँदै आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।

उपकार सेवा नेपालले यसअघि पनि उक्त आश्रमका लागि नियमित रूपमा खाद्यान्न र दैनिक उपभोग्य वस्तुहरू उपलब्ध गराउँदै आएको छ । चिसो बढ्दै गएको समयमा प्राप्त यस न्यानो कम्बलले आश्रममा रहेका व्यक्तिहरूलाई निकै राहत पुग्ने विश्वास गरिएको छ । सामाजिक अभियन्ता प्रकाश थारूले यस्ता मानवीय कार्यले समाजमा सकारात्मक परिवर्तन ल्याउने उल्लेख गर्दै सबैलाई सहयोगी हात फैलाउन आग्रह समेत गर्नुभयो ।


सम्बन्धित समाचार