Logo

२७, काठमाडौँ । मधेसको राजनीतिमा लामो समयदेखि अलगअलग धारको नेतृत्व गरिरहेका जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच अन्ततः एकताको औपचारिक सहमति भएको छ ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच दुई दलले १२ बुँदे सम्झौता पत्रमा हस्ताक्षर गर्दै एकीकृत राजनीतिक यात्राको नयाँ अध्याय सुरु गरेका हुन् । यस सम्झौतासँगै अब एकीकृत पार्टीको नाम ‘जनता समाजवादी पार्टी (जसपा) नेपाल’ रहने टुङ्गो लागेको छ भने दुवै दलका शीर्ष नेतृत्वलाई व्यवस्थापन गर्दै नयाँ साङ्गठनिक ढाँचा तयार पारिएको छ ।

सहमति अनुसार एकीकृत पार्टीको सर्वोच्च मर्यादामा महन्थ ठाकुरलाई ‘संरक्षक’ को जिम्मेवारी सुम्पिएको छ भने पार्टीको कार्यकारी भूमिका रहने अध्यक्ष पदमा उपेन्द्र यादव चयन हुनुभएको छ । पार्टी सञ्चालन र नीतिगत निर्णयहरूका लागि तत्कालका लागि ४३ सदस्यीय ‘केन्द्रीय समन्वय समिति गठन गरिएको छ । यो समितिले पार्टीको दैनिक कार्यसम्पादन र रणनीतिक योजनाहरू तय गर्नका लागि आफ्नै मातहतमा रहने गरी ११ सदस्यीय शक्तिशाली ुसचिवालय समेत गठन गर्ने सहमति पत्रमा उल्लेख छ ।

विगतमा विभिन्न मुद्दा र कार्यशैलीमा मतभेद भएर विभाजित भएका यी दुई शक्तिबीचको एकतालाई मधेसको राजनीतिमा ‘शक्तिशाली धु्रवीकरण’ का रूपमा हेरिएको छ । निर्वाचनको मुखमा मधेस केन्द्रित शक्तिहरू एक ठाउँमा उभिनुले राष्ट्रिय राजनीतिमा पनि महत्त्वपूर्ण अर्थ राख्ने विश्लेषण गरिएको छ । एकीकृत पार्टीले आफ्ना कार्यकर्ता र समर्थकहरूलाई एकताको सन्देश दिँदै अब मधेसका बाँकी एजेन्डाहरूलाई सामूहिक रूपमा अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।


सम्बन्धित समाचार
भर्खरै