Logo

२९ पौष, काठमाडौँ । छिमेकी मुलुक चीनको उच्चस्तरीय राजनीतिक टोली आगामी साता नेपाल भ्रमणमा आउने भएको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को अन्तर्राष्ट्रिय विभाग अन्तर्गत नेपाल मामिला प्रमुख झेङ युयाको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल नेपाल आउन लागेको हो ।

प्रतिनिधिमण्डलले नेपालमा तीन दिन बिताउने कार्यक्रम तय भएको छ । नेपालको आन्तरिक राजनीति अत्यन्त तरल र जटिल मोडमा रहेको समयमा हुन लागेको यस भ्रमणलाई कूटनीतिक वृत्तमा निकै महत्त्वका साथ हेरिएको छ ।

पश्चिमा प्रभाव र सुरक्षा चासो हालै नेपालमा भएको ‘जेनजी’ विद्रोह र त्यसपछिको राजनीतिक शक्ति सन्तुलनमा आएको फेरबदलका बारेमा बेइजिङले नजिकबाट नियालिरहेको बुझिएको छ। सो आन्दोलनपछि नेपालमा पश्चिमा शक्तिहरूको प्रभाव र सक्रियता बढेको चीनको बुझाइ रहेको छ ।

चिनियाँ टोलीले यहाँ रहँदा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटघाट गरी बदलिँदो सुरक्षा र राजनीतिक अवस्थाबारे छलफल गर्ने स्रोतले जनाएको छ।
नेपालमा हुन लागेको यो भ्रमणले बेइजिङको आगामी नेपाल नीतिको सङ्केत गर्ने र दुई देशबीचको राजनीतिक सम्बन्धमा नयाँ आयाम थप्न सक्ने विश्लेषण गरिएको छ।


सम्बन्धित समाचार