Logo

२ माघ, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको उपभोक्ता मूल्य घटाएको छ। निगमले बिहीबार एक सूचना जारी गर्दै पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाएको हो ।

घाटाइएको मूल्यसूची आज शुक्रबारदेखि लागु भएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट नयाँ खरिद मूल्य घटेर प्राप्त भएपछि निगम सञ्चालक समितिको बैठकले मूल्य समायोजन गर्ने निर्णय गरेको हो ।

नयाँ मूल्यसूची अनुसार काठमाडौँ, पोखरा र दिपायल लगायतका तेस्रो वर्गका क्षेत्रमा अब पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ र डिजेल तथा मट्टितेपेल १३६ रुपैयाँ कायम भएको छ ।

यसैगरी, दोस्रो वर्ग अन्तर्गत पर्ने सुर्खेत र दाङमा पेट्रोलको मूल्य १५५ र डिजेलको मूल्य १३५ रुपैयाँ कायम गरिएको छ । तराईका विभिन्न डिपो क्षेत्रहरू अर्थात् पहिलो वर्गका वीरगञ्ज, चारआलि, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढीमा भने पेट्रोल प्रतिलिटर १५३ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेल १३३ रुपैयाँ ५० पैसामा उपलब्ध हुने निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै निगमले स्थानीय बजारमा पनि मूल्य समायोजन गरेपछि उपभोक्तालाई केही राहत मिल्ने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार