४ माघ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन्।
प्रधानमन्त्री निवास बालुवाटार मा जारी छलफलमा सरकारका मन्त्रीहरू पनि सहभागी छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफल मुख्यतः निर्वाचन आचारसंहिता लागू गर्ने विषयमा केन्द्रित रहेको छ। निर्वाचन आयोग ले आजै रातिबाट निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेकाले सोही निर्णयबारे प्रधानमन्त्रीसहित सरकारी अधिकारीहरूलाई आयोगका पदाधिकारीहरूले ब्रिफिङ गरिरहेका छन्।
निर्वाचनको तयारी र आचारसंहिता कार्यान्वयनमा सरकार–आयोगबीच समन्वयका विषयमा पनि छलफल भइरहेको जनाइएको छ।














