Logo

४ माघ, काठमाडौं । सर्वोच्च अदालत ले खोला किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने भनी यसअघि गरिएको फैसला उल्ट्याएको छ।

न्यायाधीशत्रय सुनिलकुमार पोखरेल, बालकृष्ण ढकालनृपध्वज निरौला को इजलासले यसअघिको संयुक्त इजलासको फैसला बदर गरेको हो।

इजलासले संयुक्त इजलासको फैसला सो हदसम्म कानुन र न्यायसंगत नदेखिएको ठहर गरेको छ। अदालतले फैसलाको पूर्णपाठ तयार गर्न समय लाग्ने जनाउँदै हाललाई संक्षिप्त आदेश जारी गरेको जनाएको छ।

यसअघि सर्वोच्च अदालतको संयुक्त इजलासले मन्त्रिपरिषद्ले निर्धारण गरेको मापदण्डबाहेक नदी तथा खोलाको दायाँ र बायाँ थप २० मिटर खाली छोड्नुपर्ने फैसला गरेको थियो। सो फैसलाविरुद्ध पुनरावलोकनका लागि सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको थियो।

अदालतको पछिल्लो फैसलासँगै नदी तथा खोलाकिनारमा संरचना निर्माणसम्बन्धी कानुनी अन्योल हट्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार