प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

४ माघ, काठमाडौं । मेडिकल व्यवसायी तथा दुर्गा प्रसाईं, नागरिक बचाउ महाअभियानका संयोजकमाथि अनुसन्धान गर्न निर्वाचन आयोग ले प्रहरीका दुई युनिटलाई पत्राचार गरेको छ।

आयोगले प्रहरीको साइबर ब्यूरो र जिल्ला प्रहरी परिसर काठमाडौं लाई पत्राचार गरेको हो। पत्र आयोगको पत्रबारे जानकारी दिँदै ब्यूरोका एसपी तथा प्रवक्ता दीपकराज अवस्थी ले जानकारी दिएका छन्।

यसअघि कांग्रेसको विशेष महाधिवेशन पक्षले आयोगलाई ५२ करोड बुझाएर नतिजा आफ्नो पक्षमा पारेको भन्दै प्रसाईंले एक भिडियो सार्वजनिक गरेका थिए। यही विषयमा उनलाई अनुसन्धान गर्न आयोगले पत्राचार गरेको हो।

प्रसाईंमाथि निर्वाचन कसुर सम्बन्धी कसुर र मुलुकी फौजदारी संहिता अन्तर्गतको कसुरमा कारबाही हुनुपर्ने माग गरिएको छ।


सम्बन्धित समाचार