Logo

४ माघ, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा सिरहा क्षेत्र नं. ४ बाट जनता समाजवादी पार्टी  (जसपा) नेपालका तर्फबाट निर्वाचित सांसद् डा. वीरेन्द्रप्रसाद महतो ले जनमत पार्टी मा प्रवेश गरेका छन्।

जसपा नेपाल विभाजनको समयमा अशोक राई नेतृत्वको जसपामा केन्द्रीय कोषाध्यक्षको जिम्मेवारीमा रहेका महतोले जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा। सिके राउत बाट सदस्यता लिएर पार्टी प्रवेश गरेका हुन्।

महतो आगामी प्रतिनिधिसभा निर्वाचनमा पुनः सोही क्षेत्रबाट उम्मेदवारी दिने तयारीमा रहेको बताइएको छ।

२०७९ को निर्वाचनमा महतो सिरहा–४ बाट २४ हजार १०२ मतसहित निर्वाचित भएका थिए भने निकटतम प्रतिद्वन्द्वी जनमतका वीरेन्द्रप्रसाद साह ले १६ हजार २९४ मत प्राप्त गरेका थिए। तेस्रो स्थानमा तत्कालीन नेकपा एकीकृत समाजवादीका धर्मनाथ प्रसाद साह ले १४ हजार ६५३ मत ल्याएका थिए।


सम्बन्धित समाचार