Logo

 ५ मांघ,काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ । उम्मेदवारी दर्तालाई व्यवस्थित बनाउन निर्वाचन आयोगले प्रमुख राजनीतिक दलहरूलाई फरक–फरक समय निर्धारण गरेको छ ।

आयोगका अनुसार सबैभन्दा पहिले राष्ट्रिय स्वतन्त्र पार्टी**लाई उम्मेदवारी दर्ताको समय दिइएको छ भने सबैभन्दा अन्तिमको समय नेपाली कांग्रेसलाई तोकिएको छ ।

निर्वाचन आयोगले मुख्य पाँच राजनीतिक दलका लागि छुट्टाछुट्टै समय निर्धारण गरे पनि अन्य दलका हकमा भने निश्चित समय तोकिएको छैन ।

आयोगद्वारा सार्वजनिक तालिकाअनुसार दिउँसो १ बजे राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले उम्मेदवारी दर्ता गर्नेछन् । त्यसैगरी दिउँसो २ बजे राष्ट्रिय प्रजातन्त्र पार्टी, साढे २ बजे नेकपा एमाले, दिउँसो ३ बजे **नेपाली कम्युनिस्ट पार्टी**का उम्मेदवारले उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ ।

सबैभन्दा अन्तिममा दिउँसो ४ बजे नेपाली कांग्रेसका उम्मेदवारले देशभर उम्मेदवारी दर्ता गर्ने निर्वाचन आयोगले जनाएको छ ।


सम्बन्धित समाचार