५ मांघ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह आजै झापा जाने भएका छन्। पार्टीले आज जनकपुरमा आयोजना गरेको सभालाई सम्बोधन गरेलगत्तै उनी झापा प्रस्थान गर्ने कार्यक्रम छ।
रास्वपाका अनुसार शाहले भोलि झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गर्नेछन्। उक्त क्षेत्रमा उनले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्नेछन्। ओली पनि उम्मेदवारी दर्ताका लागि आजै झापा जाने तयारीमा छन्। दुवैले दमकस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउने कार्यक्रम तय भएको छ।
जनकपुरबाट सडकमार्ग हुँदै झापा जाने क्रममा शाहको स्वागतका लागि सुनसरी, मोरङ र झापाका विभिन्न स्थानमा र्यालीसहित स्वागत कार्यक्रम आयोजना गरिने राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ। समर्थकहरूको र्यालीसहित शाह दमक पुग्दा राति करिब ९ देखि १० बजेसम्म पुग्ने अनुमान गरिएको छ।















