Logo

५ माघ, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका नेता डा. अमरेशकुमार सिंहले आगामी प्रधानमन्त्री बालेन शाह नै बन्ने ठोकुवा गरेका छन्।

जनकपुरमा आयोजित सभामा उनले भने, “हामी सीता माताका सन्तान हौं। सीमा माता यही धर्तीमा समाहित भएकी थिइन्। बालेन प्रधानमन्त्री भएनन् भने म जनकपुरको रणभूमिमा आत्मदाह गर्नेछु।”

सिंहले बालेनलाई देशको महानायक भन्दै आक्रामक भाषण गर्दै मतदातासँग भोट मागे। उनले थपे, “म हात जोडेर भन्छु, मसँग केही छैन। केवल आग्रह गर्छु, मधेशलाई प्रधानमन्त्री देऊ।”

विशेषज्ञका अनुसार, सिंहको यस्तो भाषणले आगामी निर्वाचनमा मधेशी मतमा रास्वपाको प्रभाव बलियो बनाउन खोजिएको संकेत गरेको देखिन्छ।


सम्बन्धित समाचार