Logo

५ माघ, जनकपुरधाम। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले मधेश प्रदेशमा पार्टीको लहर चलेको उल्लेख गर्दै आगामी निर्वाचनमा ६० प्रतिशतभन्दा बढी मत पाउने विश्वास व्यक्त गरेका छन्।

जनकपुरधाममा जारी चुनावी सभामा उनले भने, “अघिल्लो निर्वाचनमा ३३ लाख मतदाता रहेको मधेशमा हामीले एक लाखभन्दा कम मत पाएका थियौं। त्यसबेला समय कम थियो र आफूलाई चिनाउन सकेनौं। अब हामी यहाँका बीचमा छौं र रास्वपा कस्ता हस्ती नेता बोकेर आएको रहेछ भनेर सबैले देखिसकेका छन्।”

स्वर्णिम वाग्लेले प्रतिस्पर्धी दलहरूले रास्वपालाई संघीयताको विरोधी भएको आरोप लगाएको विषयमा पनि जवाफ दिँदै जनकपुरधामको उपस्थितिले त्यसको स्पष्टीकरण दिएको बताए।

उनले आगामी निर्वाचनमा बालेन शाहलाई देशव्यापी जनताको आशा र निर्वाचित प्रतिनिधिको रूपमा स्थापित गर्ने अभियानमा रास्वपाले अग्रपंक्तिमा रहने पनि बताए।


सम्बन्धित समाचार