५ माघ, काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका नेता बामदेव गौतमले बर्दिया–१ प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी नपाएका छन्।
गौतमले यस क्षेत्रबाट उम्मेदवार बन्ने उद्देश्यले राष्ट्रिय सभाबाट राजीनामा दिएका थिए। तर पार्टीले उनलाई टिकट नदिँदा उनको योजना अवरुद्ध भएको छ। उनको पदावधि माघ १० गते सकिँदै थियो भने माघ ११ गते राष्ट्रिय सभाको चुनाव हुँदैछ।
पार्टीले बिष्णुप्रसाद चौधरीलाई टिकट दिएको छ। सोमबार नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेका हुन्। गौतम यसअघि २०७४ को चुनावमा यही क्षेत्रमा पराजित भएका थिए र त्यसपछि राष्ट्रिय सभाका सदस्य बनेका थिए।















