५ माघ, काठमाडौं। सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने पक्का भएसँगै उनले मन्त्री पदबाट राजीनामा दिएका हुन्।
खरेलले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर औपचारिक रूपमा राजीनामा बुझाएका हुन्। रास्वपाले उनलाई ललितपुर–२ बाट प्रतिनिधिसभा उम्मेदवार बनाउने तयारी गरेको छ।
यसअघि पनि कार्की नेतृत्वको मन्त्रिपरिषद्बाट ऊर्जामन्त्री कुलमान घिसिङ र खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका थिए। घिसिङले आफ्नै नेतृत्वमा उज्यालो नेपाल पार्टी गठन गरी चुनावी तयारी थालेका छन् भने गुप्ता रास्वपाबाटै निर्वाचन लड्ने तयारीमा रहेका छन्।
















