Logo

५ मांघ,काठमाडौं । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध डडेल्धुराबाट प्रतिस्पर्धा गरेका सागर ढकाल यसपटक गुल्मी क्षेत्र नम्बर १ बाट चुनावी मैदानमा उत्रिने भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गुल्मी–१ का लागि ढकाललाई उम्मेदवार बनाएको हो। यससँगै उक्त क्षेत्रमा रास्वपाका सागर ढकाल, नेकपा एमालेका प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका डा. चन्द्र भण्डारीबीच त्रिकोणीय प्रतिस्पर्धा हुने निश्चित भएको छ।

२०७९ सालको निर्वाचनमा गुल्मी–१ मा एमालेका प्रदीप ज्ञवालीलाई पराजित गर्दै कांग्रेसका डा. चन्द्र भण्डारी निर्वाचित भएका थिए। भण्डारी पछिल्लो समय पार्टीभित्र देखिएको आन्तरिक असन्तुष्टिसँग जोडिँदै विशेष महाधिवेशनको उद्घाटन सत्रपछि बन्द सत्रमा सहभागी नभएको प्रसंगले पनि चर्चा पाएको थियो।

यसपटक डडेल्धुरा नजाने निर्णय गरेका ढकाललाई रास्वपाले गुल्मी–१ बाट उम्मेदवारी दिएसँगै निर्वाचन प्रतिस्पर्धा थप रोचक बनेको राजनीतिक विश्लेषकहरूको भनाइ छ। आगामी चुनावमा मतदाताले कसलाई विश्वास गर्नेछन् भन्ने विषय चासोको केन्द्रमा रहेको छ।


सम्बन्धित समाचार