Logo

५ मांघ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहमहामन्त्री विपीनकुमार आचार्यलाई आगामी चुनावका लागि दाङ–२ क्षेत्रबाट उम्मेदवार बनाउने निर्णय गरेको छ।

आचार्यले आफू दाङ–२ बाट चुनावी मैदानमा उत्रिने टिकट पाएको जानकारी दिएका छन्। यसअघि उनी काठमाडौं–२ र काठमाडौं–४ बाट चुनाव लड्ने चर्चा चलेको थियो।

यससँगै दाङ–२ मा त्रिकोणीय प्रतिस्पर्धाको संभावना देखिएको छ। नेकपा एमालेले यस क्षेत्रमा महासचिव शंकर पोखरेललाई एकल सिफारिस गरेको छ भने अन्य दलका उम्मेदवारहरूसँग आचार्यको भिडन्त चुनावी रसातलमा थप रोचक हुने विश्लेषकहरूको भनाइ छ।


सम्बन्धित समाचार