६ माघ, रौतहट । चर्चित सञ्चारकर्मी ऋषि धमलाले प्राइम टेलिभिजन र नेपाली रेडियो नेटवर्कको चर्चित कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ बाट बिदा लिएका छन् । आज बिहानको कार्यक्रममार्फत उनले अबको केही समय पत्रकारिताभन्दा राजनीतिमा केन्द्रित हुने संकेत गर्दै कार्यक्रम सञ्चालनको जिम्मेवारी सहकर्मीलाई हस्तान्तरण गरेको घोषणा गरेका हुन् ।
धमलाले आफ्नो स्थानमा अब पत्रकार ऋषि थपलियाले सो कार्यक्रम चलाउने जानकारी दिए। “भोलिबाट यो कार्यक्रम हाम्रै सहकर्मी मित्र ऋषि थपलियालाई हस्तान्तरण गर्न जाँदैछु,” धमलाले कार्यक्रममा भने, “म उहाँलाई सधैं समर्थन र सहयोग गर्नेछु र यो कार्यक्रमलाई ‘नम्बर वान’ बनाउन उहाँको साथमा रहनेछु।”
पत्रकारिताको लामो यात्रामा एक प्रकारको विश्राम लिँदै धमलाले आसन्न प्रतिनिधि सभा निर्वाचनमा रौतहटबाट उम्मेदवारी दिने तयारी गरेका छन् ।
ऋषि धमला रौतहट-४ बाट चुनाव लड्ने, आम जनता पार्टीबाट पाए टिकट














