Logo

६ माघ, झापा  । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले झापा-५ बाट उम्मेदवारी दर्ता गराएका छन्। उनले दमक नगरपालिका–८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन्।

मनोनयन दर्ताका क्रममा शाह समर्थक र बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। उनको आगमनमा विभिन्न स्थानमा कलससहित स्वागत गरिएको थियो, जसले दमक क्षेत्रमा उत्साहपूर्ण माहोल सिर्जना गरेको थियो।

काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएपछि बालेन शाह सक्रिय राजनीतिमा होमिएका हुन्। रास्वपाको तर्फबाट उनको उम्मेदवारीले झापाको राजनीतिक समीकरणमा नयाँ चर्चा र चासो थपिएको छ।

पार्टीका नेता तथा समर्थकहरूले बालेनको उम्मेदवारीले परिवर्तनको राजनीति अघि बढ्ने विश्वास व्यक्त गरेका छन्। मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै शाहले जनताको अपेक्षा र भरोसालाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए।


सम्बन्धित समाचार