Logo

६ माघ, वीरगञ्ज  । जनमत पार्टीका तर्फबाट ओमप्रकाश सरार्फले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्। उनले पर्सा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन्।

मनोनयन दर्तासँगै पर्सा–१ मा चुनावी माहोल थप तातेको छ। सरार्फको उम्मेदवारीलाई जनमत पार्टीले महत्वपूर्ण रूपमा लिएको छ भने समर्थकहरू पनि उत्साहित देखिएका छन्।

यसैबीच, अन्य राजनीतिक दलका उम्मेदवारहरूले पनि आ–आफ्नो निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराउने क्रम जारी राखेका छन्। निर्वाचन आयोगका अनुसार आज देशभरका निर्वाचन केन्द्रमा उम्मेदवारको मनोनयन प्रक्रिया चलिरहेको छ।

आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने जनाएको छ।


सम्बन्धित समाचार