६ माघ, चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष विक्रम पाण्डे चितवन निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेदवारी नदिने भएका छन्। यसपटक राप्रपाले सो क्षेत्रमा महानगर अध्यक्ष दिपक थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
चितवन–३ बाट पटक–पटक उम्मेदवार बन्दै आएका पाण्डे यही क्षेत्रका निवर्तमान सांसदसमेत हुन्। उनले चितवन–३ लाई आफ्नो आधार क्षेत्रका रूपमा विकास गर्दै आएका थिए।
यस निर्वाचनमा चितवन–३ मा कडा प्रतिस्पर्धा देखिएको छ। सो क्षेत्रमा नेकपा (माओवादी केन्द्र) बाट रेनु दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता गौतम, नेकपा एमालेबाट शंकर थपलियालगायत उम्मेदवारहरू चुनावी मैदानमा छन्।
राप्रपाले उम्मेदवार परिवर्तन गर्ने निर्णयसँगै चितवन–३ को राजनीतिक समीकरण थप रोचक बनेको छ।















