६ माघ,काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी (रामुपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र महतो ले सर्लाही–२ बाट आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन्।
निर्वाचन अधिकृतको कार्यालय पुगेर मंगलबार उनले आफ्नो मनोनयन दर्ता गराएका हुन्। हालसम्म उक्त क्षेत्रमा अन्य राजनीतिक दलका उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छैनन्।
रामुपाले यस निर्वाचनमा अधिकार पहिचान, मधेशका मुद्दा र समावेशी विकास लाई आफ्नो प्रमुख एजेन्डा बनाउँदै मैदानमा उत्रिएको अध्यक्ष महतोले बताएका छन्।
उनले निर्वाचनमा जनताको व्यापक सहभागिता र विश्वास प्राप्त गर्न प्रतिबद्धता जनाएका छन्।















