६ माघ,काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल ले होलीको समय निर्वाचन नरोकिने स्पष्ट पारेका छन्।
मंगलबार गृह मन्त्रालय मा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अर्यालले २१ फागुनमा तय निर्वाचन र सोही समयमा पर्ने होलीका बारेमा प्रश्नको जवाफ दिंदै भने, “चुनावको लहर होलीभन्दा महत्त्वपूर्ण हो। होलीको खाईपिई अघि–पछि पनि गर्न सकिन्छ। त्यो आफैं म्यानेज गर्ने कुरा हो।”
त्यसैगरी, हिमाली क्षेत्रमा भएको हिमपातका कारण रोकिएको अवस्थालाई उनले इन्सिडेन्ट को रूपमा व्याख्या गर्दै भने, “कुनै ठाउँमा त्यस्तो भएछ भने पछि पनि हो। पछि भएका उदाहरण छन्।”
मन्त्री अर्यालको यस अभिव्यक्तिले निर्वाचन समयमा कुनै छुट वा स्थगन नहुने संकेत गरेको छ।















