Logo

६ माघ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजिव खत्री ले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन्।

मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर खत्रीले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। यो खत्रीको पहिलो आम निर्वाचन हो।

सोही क्षेत्रमा अन्य दलका उम्मेदवारहरू पनि मनोनयन दर्ता गरिसकेका छन्। एमाले बाट महेश बस्नेत, र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट रामप्रसाद सापकोटा ‘दिपशिखा’ ले उम्मेदवारी दर्ता गरिसकेका छन्।

भक्तपुर–२ मा यसरी नयाँ र अनुभवी उम्मेदवारहरूको भिडन्त हुने भएकोले निर्वाचन रोचक बन्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार