६ माघ,वीरगञ्ज । नेकपा एमालेका नेता एवम् पूर्व मन्त्री प्रदीप यादवले आगामी फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा–१ बाट आफ्नो उम्मेदवारी दर्ता गरेका छन्।
यादवले मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर औपचारिक रूपमा एमालेको तर्फबाट उम्मेदवारी दर्ता गरेका हुन्।
जनता समाजवादी पार्टी नेपालले उनलाई टिकट नदिने संकेत पाएपछि यादवले सोमबार राति जसपा नेपालसँगको सम्बन्ध तोड्दै नेकपा एमालेमा प्रवेश गरेका थिए। यससँगै यादवको उम्मेदवारीले पर्सा–१ को निर्वाचन क्षेत्रमा नयाँ राजनीतिक प्रतिस्पर्धा सिर्जना गरेको छ।















