६ माघ,वीरगञ्ज ।रास्वपा पार्टीका नेता सुशील साह कानुले आगामी फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा निर्वाचन क्षेत्र नम्बर–२ बाट आफ्नो मनोनयन दर्ता गराएका छन्।
देशभरका निर्वाचन केन्द्रहरूमा आज उम्मेदवारी दर्ता प्रक्रिया जारी रहेको छ। निर्वाचन आयोगका अनुसार १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी साँझ ५ बजेसम्म दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।
यसक्रममा अन्य राजनीतिक दलका उम्मेदवारहरूले पनि मनोनयन दर्ता गर्ने क्रम जारी राखेका छन्।















