Logo

६ माघ,वीरगञ्ज । नेपाली कम्युनिस्ट पार्टीका युवा नेता छोटेलाल यादवले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा निर्वाचन क्षेत्र नं। ३ बाट आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।

मनोनयन दर्तापछि प्रतिक्रिया दिँदै यादवले पर्सा लगायत सम्पूर्ण मधेसको आवाज संघीय संसदमा पुर्‍याउने उद्देश्यले आफू चुनावी मैदानमा उत्रिएको बताए। “गौरव जोगाउन र जनताको पक्षमा बलियो आवाज उठाउन निर्वाचनमा सहभागी भएको हुँ,” उनले भने।

निर्वाचन आयोगका अनुसार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता प्रक्रिया आज साँझ ५ बजेसम्मका लागि तोकिएको छ। सोहीअनुसार विभिन्न निर्वाचन केन्द्रहरूमा उम्मेदवारहरूको मनोनयन दर्ता जारी रहेको आयोगले जनाएको छ।

देशभर प्रतिस्पर्धी राजनीतिक दलहरूबीच चुनावी गतिविधि तीव्र बन्दै गएको छ भने निर्वाचन प्रक्रिया पनि सक्रिय रूपमा अघि बढिरहेको छ।


सम्बन्धित समाचार