Logo

७ माघ,वीरगञ्ज । प्रगतिशील लोकतान्त्रिक पार्टी पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रत्यक्ष उम्मेदवार अमिताभ बच्चन दासले मनोनयन दर्ता गरेसँगै घरदैलो अभियान सुरु गरेका छन्।

यसै क्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ जसौलीमा घरदैलो कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उम्मेदवार दासले आफ्ना एजेन्डा र प्राथमिकताहरू प्रस्तुत गरेका थिए। उनले शिक्षा, रोजगारी, स्वास्थ्य र आधारभूत पूर्वाधारलाई आफ्नो मुख्य मुद्दा बनाउने बताएका छन्।

घरदैलोका क्रममा उम्मेदवार दासले जनताको समस्या सुन्ने र समाधानका लागि संसदमा सशक्त आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे। “राजनीति केवल चुनाव जित्नका लागि होइन, जनताको दैनिकी बदल्नका लागि हुनुपर्छ,” उनले भने।

समानुपातिक उम्मेदवार बालकृष्ण श्रेष्ठले पार्टीले समावेशी र उत्तरदायी राजनीति अघि बढाउने दाबी गरे। उनले पर्सा–२ का जनताको विश्वास नै आफ्नो मुख्य शक्ति भएको बताए।

घरदैलो कार्यक्रममा स्थानीय कार्यकर्ता, समर्थक तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। पार्टीका अनुसार आगामी दिनमा पर्सा–२ का अन्य वडाहरूमा समेत अभियानलाई तीव्र बनाइनेछ।


सम्बन्धित समाचार