Logo

७ माघ, काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन आयोगले ‘कल सेन्टर’ स्थापना गरेको छ।

आयोगको कान्तिपथस्थित कार्यालयबाट सञ्चालित कल सेन्टरमार्फत मतदाता, नागरिक र सरोकारवालाहरूको जिज्ञासा सुनिने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

६ वटा डेस्क रहेको उक्त केन्द्र बिहान ९ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म सञ्चालन हुनेछ। यसमा निःशुल्क टोल–फ्री नम्बर ११०२ मार्फत फोन गरेर निर्वाचनसम्बन्धी जिज्ञासा राख्न सकिनेछ। आयोगका अनुसार, एकै समयमा १५ जना फोन गर्दा पनि कल होल्डमा नपर्ने व्यवस्था गरिएको छ।

कल सेन्टरले मतदाता परिचय, मतदान प्रक्रिया, मतदान स्थल, उम्मेदवार विवरण लगायत अन्य निर्वाचनसम्बन्धी जानकारी दिने उद्देश्य राखेको छ।


सम्बन्धित समाचार