Logo

७ माघ,काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह जनकपुरधाम जाने भएका छन्।

संवाद सचिवालयका फणिराज पाठकले बुधबार जारी गरेको सूचनामा पूर्वराजा र पूर्वरानी जनकपुरधाम सवारी हुने जानकारी गराइएको हो। सूचनाअनुसार उनीहरू माघ १२ गते जनकपुरधाम पुगेर जानकी मन्दिर दर्शन गर्ने कार्यक्रम रहेको छ।

यसअघि गत आइतबार सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) धनुषाको पार्टी कार्यसमितिको बैठकले पूर्वराजा शाहको स्वागत तथा व्यवस्थापनका लागि विभिन्न निर्णय गरेको थियो।

बैठकको निर्णयअनुसार पार्टीको सुशासन विभागका केन्द्रीय सदस्य श्रवण कुमार झाको अध्यक्षतामा एक हजार एक सदस्यीय मूल समारोह स्वागत समिति गठन गरिएको छ।

राप्रपा धनुषाका जिल्ला अध्यक्ष रामचन्द्र यादवका अनुसार पूर्वराजाको आगमनलाई व्यवस्थित र भव्य बनाउन पार्टीले विभिन्न उपसमिति गठन गरी तयारी तीव्र बनाएको छ।


सम्बन्धित समाचार