९ माघ, काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा आज सुन प्रतितोला ९ हजार २०० रुपैयाँ र चाँदी ३२० रुपैयाँले बढेको हो।
आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १ हजार ४०० रुपैयाँ पुगेको छ भने चाँदी प्रतितोला ६ हजार १९० रुपैयाँमा कारोबार भइरहेको छ। महासंघका अनुसार यो हालसम्मकै उच्च मूल्य हो।
यसअघि बुधबार सुन प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँ र चाँदी ५ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो। मंगलबार सुन २ लाख ८४ हजार ७०० रुपैयाँ र चाँदी ५ हजार ८८० रुपैयाँमा किनबेच भएको थियो। त्यस्तै, आइतबार सुन २ लाख ७८ हजार ८०० रुपैयाँ र चाँदी ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो भने सोमबार सुन २ लाख ८२ हजार रुपैयाँ र चाँदी ५ हजार ८१० रुपैयाँमा खरिदबिक्री भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार ९६० अमेरिकी डलर र चाँदी प्रतिऔँस ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्यवृद्धिको प्रभाव नेपाली बजारमा समेत परेको व्यवसायीहरूको भनाइ छ।
















