Logo

९ माघ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा.बाबुराम भट्टराईले गोरखा–२ बाट दर्ता गराएको आफ्नो प्रतिनिधिसभा सदस्यको उम्मेदवारी फिर्ता लिने विषयमा गम्भीर गृहकार्य सुरु गर्नुभएको छ ।

यसअघि चुनाव नलड्ने सार्वजनिक घोषणा गरे पनि पार्टीको तीव्र दबाबका कारण अन्तिम समयमा चुनावी मैदानमा उत्रिनुभएका भट्टराईले अहिले आएर आफ्नो निर्णयमा पुनर्विचार गर्नुभएको हो । विशेषगरी सोही निर्वाचन क्षेत्रका विभिन्न राजनीतिक दलका युवा उम्मेदवारहरूले उहाँलाई सक्रिय प्रतिस्पर्धाबाट बाहिरिएर राजनीतिक अभिभावकको भूमिका निर्वाह गर्न सामूहिक आग्रह गरेपछि डा। भट्टराई यतिबेला पार्टीका शीर्ष नेताहरूसँग सघन छलफलमा जुट्नुभएको छ ।

उम्मेदवारी फिर्ता लिने अन्तिम समयसीमा आजै भएकाले गोरखाको राजनीतिक वृत्तमा डा. ट्टराईको सम्भावित कदमलाई निकै चासोका साथ हेरिएको छ । पार्टी स्रोतका अनुसार नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने र पाका नेताहरूले नीतिगत मार्गदर्शनमा मात्र सीमित हुनुपर्ने दबाब बढेपछि उहाँले चुनावी मैदान छाड्ने मनस्थिति बनाउनुभएको बुझिएको छ ।

यदि उहाँले आज आफ्नो मनोनयन फिर्ता लिएमा गोरखा–२ को चुनावी समीकरण मात्र बदलिने छैन, राष्ट्रिय राजनीतिमा पनि एउटा फरक सन्देश जाने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार