Logo

९ माघ, काठमाडौं । आगामी निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूमध्ये देशभरबाट ४९ जनाले आफ्नो उम्मेदवारी औपचारिक रूपमा फिर्ता लिएका छन् ।

निर्वाचन आयोगले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले कुल ३ हजार ४८७ जना उम्मेदवारले मनोनयन दर्ता गराएकोमा अन्तिम समयमा ४९ जना चुनावी प्रतिस्पर्धाबाट बाहिरिएको जानकारी दिनुभएको हो । उम्मेदवारी फिर्ता लिने समयसीमा सकिएसँगै अब चुनावी मैदानमा रहने उम्मेदवारहरूको अन्तिम नामावली टुङ्गो लागेको छ ।

आयोगका अनुसार यसपटकको निर्वाचनमा उम्मेदवारहरू विरुद्ध परेका उजुरी र दाबी विरोधको प्रक्रिया पनि सम्पन्न भएको छ । देशभरबाट ५ जनाविरुद्ध दाबी विरोध परेकोमा छानबिनपछि एक जनाको उम्मेदवारी खारेज भएको छ भने बाँकी ४ जनाको उम्मेदवारी कायम रहने निर्णय आयोगले गरेको छ । प्रवक्ता भट्टराईका अनुसार उम्मेदवारी फिर्ता र दाबी विरोधको यो प्रक्रिया पूरा भएसँगै अब निर्वाचन आयोग पूर्ण रूपमा मतदानको तयारी र मतपत्र व्यवस्थापनमा केन्द्रित भएको छ ।


सम्बन्धित समाचार