Logo

९ माघ, काठमाडौं । नेपाली कांग्रेसले मुलुकको राजनीतिक नेतृत्वमा पुस्तान्तरणको सन्देश दिँदै नवनिर्वाचित सभापति गगन थापालाई आगामी सरकारको भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने ऐतिहासिक निर्णय गरेको छ ।

विशेष महाधिवेशनबाट सभापति चुनिएलगत्तै सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको पहिलो बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । पार्टीभित्र लामो समयदेखि उठ्दै आएको युवा नेतृत्वको मागलाई सम्बोधन गर्दै कांग्रेसले आसन्न निर्वाचनका लागि थापाको अनुहारलाई मुख्य चुनावी एजेन्डा बनाउने रणनीति तय गरेको छ ।

बैठकको निर्णयबारे जानकारी दिँदै उपसभापति विश्वप्रकाश शर्माले पार्टीले अब स्पष्ट दृष्टिकोणका साथ गगन थापालाई भावी प्रधानमन्त्रीको रूपमा जनतामाझ लैजाने बताउनुभयो । यो निर्णयसँगै कांग्रेसले पुराना पुस्ताका नेताहरूलाई विश्राम दिँदै नयाँ उर्जा र भिजनका साथ निर्वाचनमा होमिने संकेत दिएको छ । सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिएपछि कांग्रेस कार्यकर्तामा उत्साह थपिएको छ भने राष्ट्रिय राजनीतिमा पनि यसले नयाँ बहस सिर्जना गरेको छ ।


सम्बन्धित समाचार