Logo

१० माघ, काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०ले आगामी फागुन २१ गते हुने आम निर्वाचनका लागि पार्टीको आधिकारिक निर्णय र निर्देशनविपरित उम्मेदवार बनेका तथा उनीहरूको प्रस्तावक, समर्थक र प्रचारकहरूलाई पार्टीबाट निस्कासन गरेको छ।

पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले पार्टी विधानको दफा १०६ बमोजिम अनुशासनात्मक कारबाही गर्दै सात जनालाई पार्टी सदस्यताबाट हटाइएको जानकारी दिएका छन्।

निष्कासित हुनेमा सिन्धुलीका नेता हरिबोल गजुरेल र महेश्वर दाहाल रहेका छन्। हरिबोल प्रचण्ड प्रधानमन्त्री हुँदा उनका मुख्य सल्लाहकार थिए।

त्यस्तै दाङका कुलप्रसाद केसी पनि निष्कासित भएका छन्। लुम्बिनीका पूर्वमुख्यमन्त्री उनले मेटमणि चौधरीविरुद्ध दाङ–२ मा बागी उम्मेदवारी हालेका थिए।

उदयपुर–२ मा बागी उठेका मेजर राई तथा सिरहका धर्मनाथ साह, राजकुमारी साह र जिवछ साह पनि निष्कासित भएका छन्।

पार्टीले आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने वा त्यसमा संलग्न हुने गतिविधि पार्टी अनुशासनविपरित रहेको स्पष्ट गर्दै, आगामी दिनमा यस्ता कार्यमा संलग्न नहुन चेतावनीसमेत दिएको छ।


सम्बन्धित समाचार