Logo

१० माघ,वीरगञ्ज । नेपाली कम्युनिष्ट पार्टी पर्सा निर्वाचन क्षेत्र नं. १ को क्षेत्रीय भेला सम्पन्न भएको छ। भेला नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य बाबुराम कौशिकको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा पर्सा क्षेत्र नं. १ का उम्मेदवार सीए अजय चौरसियाले आफू पहिलेदेखि नै शोषित, पीडित तथा मधेसका उत्पीडित वर्गका पक्षमा संघर्ष गर्दै आएको बताए। उनले निर्वाचनको समयमा विभिन्न किसिमका प्रलोभनमा नपरी सही व्यक्तिको छनोट गर्नुपर्ने आवश्यकता औंल्याए।

चौरसियाले शिक्षित युवा उम्मेदवारका रूपमा उच्च मनोबलका साथ जनताको बीचमा जाने प्रतिबद्धता व्यक्त गर्दै जनताको हकअधिकारका लागि निरन्तर लडिरहने बताए।

कार्यक्रममा वक्ताहरूले नेपाली कम्युनिष्ट पार्टीले विगतदेखि गर्दै आएको संघर्ष र योगदानबारे जनतालाई बुझाउने समय आएको बताएका थिए। उनीहरूले पर्सा क्षेत्र नं. १ मा पार्टीको संगठन मजबुत बनाउन र निर्वाचनमा जनताको विश्वास जित्न एकताबद्ध भएर लाग्नुपर्ने धारणा राखे।

भेलामा बालगोपाल थापा, रामबाबु बैठा, रामदरश कुश्वाहा, मुस्कान खातुन लगायतका नेताहरूले मन्तव्य राखेका थिए। कार्यक्रमको सञ्चालन प्रमु यादवले गरेका थिए।


सम्बन्धित समाचार