Logo

१० माघ,वीरगञ्ज । फागुन २१ को निर्वाचनका लागि समानुपातिक सूचीमा रहेका केही उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। नेकपा (एमाले) का मधेस प्रदेशका अध्यक्ष र समानुपातिक सूचीका उम्मेदवार चन्देश्वर मण्डलसहित तीन जनाविरुद्ध उजुरी परेको आयोगका सचिव कृष्णबहादुर राउतले जानकारी दिनुभयो।

सिरहाका मण्डल आदिवासी भएकाले मधेशी क्लस्टरमा नमिल्ने दावी गर्दै उजुरी दर्ता भएको हो। त्यस्तै, अपाङ्गतर्फ नेपाली कम्युनिष्ट पार्टीको सूचीमा रहेका ललितपुरका जीवन लामाविरुद्ध पनि उजुरी परेको छ। लामाले अपाङ्गता नभएको दाबी गर्दै उजुरी दर्ता भएको आयोगले जनाएको छ।

यसैगरी, राप्रपाका समानुपातिक उम्मेदवार कुमारबहादुर थापाविरुद्ध पनि उजुरी परेको छ। उजुरीकर्ताको दावी अनुसार धनकुटाको उत्तरपानी चिया बगानको जग्गा उनले अनधिकृत रुपमा बेचबिखन गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा विचाराधीन रहेको छ।

निर्वाचन आयोगले उजुरी दर्ता भएका उम्मेदवारलाई माघ १३ गते दिउँसो ४ बजेभित्र कार्यालयमा उपस्थित भएर प्रमाण र सबुत पेश गर्न पत्राचार गरेको छ। आयोगले उपस्थित नभए कानुनबमोजिम प्रक्रिया अघि बढाइने चेतावनी पनि दिएको छ।


सम्बन्धित समाचार
भर्खरै