Logo

 ११ माघ,जनकपुरधाम । नेपाली कांग्रेसले यही माघ १६ गते जनकपुरधाममा आयोजना गर्ने भनिएको मधेश केन्द्रित चुनावी सभा स्थगित गरेको छ।

मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताका अनुसार निर्वाचन आयोगको निर्देशन र चुनावी आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने भएकाले कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको हो।

उनले आगामी मिति र कार्यक्रम तालिका परिस्थितिअनुसार पछि सार्वजनिक गरिने जानकारी दिए। साथै, नेपाली कांग्रेस लोकतान्त्रिक मूल्य–मान्यता र विद्यमान कानुनी व्यवस्थाप्रति प्रतिबद्ध रहँदै निर्वाचन आयोगको निर्णयको सम्मान गरेकोसमेत गुप्ताले बताए।

कार्यक्रम स्थगित भएसँगै मधेश प्रदेशको राजनीतिक गतिविधिमा समेत प्रभाव पर्ने देखिएको छ।


सम्बन्धित समाचार
भर्खरै