११ माघ, वीरगञ्ज । प्रगतिशील लोकतान्त्रिक पार्टीले पर्सा जिल्लामा औपचारिक रूपमा आफ्नो चुनावी अभियानको सुरुआत गरेको छ।
पर्सा निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार अमिताभ बच्चन दासले अभियानको नेतृत्व गर्दै पहिलो कार्यक्रम बहुदरमाई नगरपालिका–६ अन्तर्गत गमरिया टोलमा सम्पन्न गरेका हुन्।
अभियानको पहिलो कार्यक्रममा उम्मेदवार दासले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीको चुनावी एजेन्डा, नीति तथा प्रतिबद्धता प्रस्तुत गरे। उनले जनताको समस्या र अपेक्षा सुन्नु नै अभियानको मुख्य उद्देश्य रहेको बताए।
आम जनतासँगको संवादबाटै चुनावी अभियान सुरु गरिएको उल्लेख गर्दै पार्टीले आगामी दिनमा क्षेत्रभरि जनसम्पर्क, घरदैलो तथा विभिन्न भेटघाट कार्यक्रमलाई तीव्रता दिने जनाएको छ।
पार्टी स्रोतका अनुसार जनताको सुझाव र अपेक्षालाई केन्द्रमा राख्दै चुनावी गतिविधि अघि बढाइनेछ।
















