Logo

११ माघ, वीरगञ्ज । नेपाली कांग्रेसका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार अनिल रुंग्टाले औपचारिक रूपमा चुनावी गतिविधि सुरु गरेका छन्।

चुनावी कार्यक्रमको सुरुआत गर्नुअघि रुंग्टाले वीरगन्जस्थित गहवामाईँ मन्दिरमा पूजापाठ गरेका थिए। धार्मिक अनुष्ठानपछि उनले मतदातामाझ पुग्ने अभियान अघि बढाएको उनका सचिवालयले जनाएको छ।

रुंग्टाले निर्वाचनलाई लक्षित गर्दै प्रचारप्रसार, पार्टी कार्यकर्ता तथा मतदातासँग भेटघाट र घरदैलो कार्यक्रम सुरु गरिसकेका छन्। आगामी दिनमा क्षेत्रभरि सक्रिय रूपमा चुनावी कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको बताइएको छ।

कांग्रेसको तर्फबाट उम्मेदवार बनेपछि जनताको विश्वास जित्ने उद्देश्यसहित चुनावी मैदानमा उत्रिएको उनको सचिवालयको भनाइ छ।


सम्बन्धित समाचार