Logo

११ माघ, काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजीविरुद्ध दायर रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सम्पन्न भएको छ।

न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा चौधरीको रिटमाथि सुनुवाइ सकिएको हो। कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्य पदका लागि दिएको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि चौधरी सर्वोच्च अदालत पुगेका थिए।

टीकापुर हत्याकाण्डसँग सम्बन्धित कर्तव्य ज्यान मुद्दामा तीन तहको अदालतबाट दोषी ठहर भइसकेकाले निर्वाचन आयोगले चौधरीको उम्मेदवारी खारेज गरेको थियो।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर–१ बाट मनोनयन दर्ता गरेका चौधरीको उम्मेदवारी निर्वाचन आयोगले बिहीबार खारेज गरेको हो।


सम्बन्धित समाचार
भर्खरै