Logo

११ माघ,लुम्बिनी । नेकपा एमालेकी नेता रामकुमारी झाँक्री लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी छन्। एमाले र कांग्रेसबीचको गठबन्धनका कारण उनी सहजै निर्वाचित भएको जनाइएको छ।

झाँक्रीले कुल ६,३३३ मतभार प्राप्त गर्दै निर्वाचित भएकी हुन्। लुम्बिनी प्रदेशका तीन वटै सिटमा कांग्रेस(एमाले गठबन्धनबाट उम्मेदवारहरू विजयी भएका छन्।

महिला प्रतिनिधित्वको सिटमा झाँक्री निर्वाचित भए भने अपांगतर्फको सिटमा कांग्रेसका बासुदेव घिमिरे ‘जंगली’ विजयी भएका छन्। घिमिरेले ५,३२२ मतभार प्राप्त गरेका छन्। त्यस्तै, कांग्रेसका चन्द्रबहादुर केसीले अन्य सिटमा ५,९७७ मतभार प्राप्त गर्दै निर्वाचित भएका छन्।

यससँगै लुम्बिनी प्रदेशमा गठबन्धनको प्रभाव देखिँदै सबै सिटमा साझा उम्मेदवारको जीत सुनिश्चित भएको छ।


सम्बन्धित समाचार