Logo

१२ माघ, काठमाडौँ ।  सरकारले नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी चन्द्रकला पौडेललाई दिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिव पदमा कार्यरत पौडेललाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त जिम्मेवारी प्रदान गरेको हो। सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले सो निर्णयबारे जानकारी दिएका छन्।

मन्त्रिपरिषद् बैठकले पौडेललाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा कामकाज गर्नेगरी तोक्ने निर्णय गरेको प्रवक्ता अर्यालले बताए।

नेपाल बीमा प्राधिकरण बीमा क्षेत्रको नियामक निकायका रूपमा रहेको छ। अध्यक्ष नियुक्तिसँगै प्राधिकरणको कार्यसम्पादन, नीति निर्माण तथा नियमन प्रक्रियालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार